सुकुटेमा सम्पन्न १९औँ साधारण सभामा मदिरा व्यवसायी संघ काठमाडौं को सहभागिता
•
२ मिनेट पढाइ
नेपाल मदिरा व्यवसायी महासंघको १९औँ वार्षिक साधारण सभा २०८२ मङ्सिर ६ गते सिन्धुपाल्चोकको सुकुटेस्थित Sandy Beach Resort मा सम्पन्न भयो। कार्यक्रममा केन्द्रीय पदाधिकारी, सल्लाहकार, सातै प्रदेशका अध्यक्ष, देशभरबाट आएका जिल्ला प्रतिनिधिहरू र मदिरा सम्बन्धित कम्पनीहरूको उपस्थिति रहेको थियो।
मदिरा व्यवसायी संघ काठमाडौं (LAK) ले उक्त कार्यक्रममा काठमाडौं जिल्लाको प्रतिनिधित्व गर्दै सहभागिता जनाएको थियो। संघका अध्यक्ष श्री रुप तामाङले जिल्लातर्फबाट मन्तव्य राख्दै संगठनात्मक समन्वय सुदृढ गर्ने, नीतिगत स्पष्टता कायम गर्ने र स्थानीय तहसम्म सहभागिता विस्तार गर्नुपर्ने धारणा राख्नुभयो। प्रदेश प्रतिनिधित्वको तर्फबाट कोशी प्रदेश अध्यक्ष श्री नवीन तामाङले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा ललितपुर जिल्ला संघका पूर्व अध्यक्ष श्री उपेन्द्र लाखेलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको घोषणा गरिएको थियो। सभामा महासंघको प्रगति प्रतिवेदन, आर्थिक विवरण प्रस्तुत गरिनुका साथै राष्ट्रिय समन्वय र नीति सुधारका विषयमा छलफल गरिएको थियो।